तुलसीपुर,फागुन ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुर्मीगाउँमा रहेको दिदी घर संस्थालाई एक संस्थाले ५० हजार मुल्य बरावरका खाटहरु सहयोग गरेको छ । तुलसीपुर ६ कै नवजागरण महिला तथा वाल संरक्षण केन्द्रले बालबालिकाको लागि चार वटा खाटहरु सहयोग गरेको हो ।
दिदी घर संस्थामा बस्दै आएका बालबालिकालाई सुत्न सुविधा होस भनेर चारवटा दुई तले खाटहरु सहयोग गरिएको संरक्षण केन्द्रकी महासचिव नानी मैया वलीले जानकारी दिइन ।
एक महिना अगाडि नै ती खाटहरु केन्द्रले सहयोग स्वरुप प्रदान गरेको हो । दिदी घर संस्थामा बस्दै आएका बालबालिकालाई अरु के कुराको आवश्यकता छ ? भन्ने कुरा आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने अवलोकनका क्रममा उपाध्यक्ष विजय केसीले जानकारी दिए ।
दिदी घर संस्थाकी संस्थापक स्यानी चौधरीले हाल बालबालिकाको लागि खाद्यान्न समस्या रहेको हुँदा सक्दो सहयोग गरिदन सबै सामाजिक संघ संस्थाहरुलाई अपिल गरेकी छन् । संस्थाकी संरक्षक चौधरीले दिदी घर संस्थामा १० जना वेसाहारा बालबालिकालाई संरक्षण तथा शिक्षादिक्षा दिदै आएको बताइन । जहाँ २ वर्षदेखि ९ बर्ष उमेरसम्मका बेसाहारा बालबालिकालाई संरक्षण दिइदै आइएको छ ।
अभिभावक विहिन, अति गरिव, पारिवारीक खखण्डनका कारण समस्यामा रहेका थारु समुदायका र दलित समुदायका बालबालिकालाई दिदी घर संस्थाले आस्रय दिदै आएको छ ।
भविस्यमा समस्यामा परेका जुनसुकै समुदायका बालबालिकालाई संरक्षण तथा शिक्षादिक्षा दिने उदेश्य राखेको संस्थाकी अध्यक्ष स्यानी चौधरीले जानकारी दिइन । चौधरीले सहयोग गर्ने नवजागरण महिला तथा वाल संरक्षण केन्द्रकी अध्यक्ष निसा लामिछानेलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा नवजागरण महिला तथा वाल संरक्षण केन्द्रका कोषाध्यक्ष सुशिला धिताल, सदस्यहरु तुफान बाबु श्रेष्ठ, मिना छन्त्याल, शारदा चौधरी लगाएत पुगेका थिए ।