२०८१ बैशाख ७ गते शुक्रवार

एरहोष्टेजले जस्तै यातायातका कर्मचारीले मुस्कान सहितको सेवा दिन सुझाव

तुलसीपुर,फागुन १० । ट्राफिक प्रहरी कार्यालय दाङले मुस्कान सहितको सुरक्षित यातायात सेवाको लागि अभियान सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले तुलसीपुर बसपार्कमा शनीवार चालकलाइ अभिमुखिकरण कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेमप्रसाद रेग्मीले चालकहरुलाई दुर्घटना न्यूनिकरणका उपाय सहित यात्रुमैत्री सेवा प्रदान गर्न आग्रह गरे ।

 

‘हवाइसेवामा एयर होस्टेजले जसरी यात्रुहरुलाइ ढुक्क संगको यात्रा र मुस्कान छरीरहेका हुन्छन्,त्यसरी नै तपाँइहरुले पनि मुस्कान सहितको यातायात सेवा दिनुहोला’, चालक र रेग्मीले भने ।

साथै उनले यात्रा तय गर्नु भन्दा अगाडि आफ्नो सवारीसाधनको चेकजांच गर्न , चलाउँदा मदिरा सेवन नगर्न, ओभरलोडको यात्रा नगराउन , ओभरस्पिडको यात्रा नगराउन,ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।

 

उनले यात्रुहरुलाई ढुक्क संग यात्रा गराउन तोकिएको समयमा खाना खुवाउने, खानाखाने स्थान र समयका विषयमा जानकारी गराउने तथा गन्तव्यमा पुग्ने समयका विषयमा पनि जानकारी गराउन सहचालकलाई आग्रह गरे ।

अभियान अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, पाँच नम्ववर प्रदेश कार्यालय रुपन्देहीले जारी गरेको सुरक्षित यात्राका विभिन्न बुंदाहरु उल्लेख गरिएको पर्चा पम्प्लेट समेत यातायात व्यवसायीलाई वितरण गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *