२०८१ भाद्र २३ गते आइतवार

६ चालकलाई जनही ५१ हजार पुरुस्कारसहित सम्मान प्रदान गरिने

शरद रेग्मी, तुलसीपुर,फागुन १० । राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले आफ्ना ६ जना चालकलाई जनही ५० हजार रकमसहित पुरस्कृत गर्ने भएको छ ।

उक्त प्रालिमा रहेका ६ सय जति यात्रुवाहक बसका चालकहरुमध्ये हालसम्म कुनैपनि दुर्घटना नगराएका ६ जना चालकहरुलाई प्रोत्साहान स्वरुप जनही ५१ हजारका दरले पुरस्कारसहित सम्मान गरिने अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

दुर्घटना न्युनिकरण अभियान अन्तर्गत प्रालि माताहत रहेका राम्रा चालकलाई सम्मान गर्न लागिएको अध्यक्ष हमालले जानकारी दिए । बर्षभरी कुनैपनि दुर्घटना नगराउने कम्तिमा ३ सय भन्दा बढी चालकहरुबाट गोलाप्रथा गरि ६ जना चालकको छनौट गरिएको अध्यक्ष हमालले बताए ।

 

त्यसैगरी प्रालि माताहत रहि सार्वजनिक यातायात सेवामा काम गर्ने एक जना सहचालक र एक जना हेल्परलाई पनि ५ हजार १ सय रुपैंया नगदसहित सम्मान गरिने भएको छ ।

सम्मानका लागि छनोट भएका चालकहरु गोलाप्रथाद्धारा सम्मानित हुने चालकहरुमा भालुवाङ—प्युठान रुटका टेकवहादुर खत्री, तुलसीपुर—वीरगन्ज रुटका तेजप्रसाद अधिकारी(गढवा राजु),दाङ—नेपालगन्ज रुटका सिताराम चौधरी, लोकल रुटका श्रवण चौधरी,सल्यान—तुलसीपुर रुटका निर्मल चौधरी र होलेरी थवाङ रुटका राजु तामाङरहेका छन् ।

त्यसैगरी सहचालक र हेल्परको छनौट भने अधिवेशनकै अवसरमा हुने भएको छ । हालै भएको व्यवसायी भेलाले वर्तमान अध्यक्ष सुरेश हमालकै नेतृत्वमा रुपान्तरित त्रिशिद्धेश्वरी प्रालि अघि बढ्ने निर्णय गरिसकेको छ ।

अधिवेशनले हमालको नेतृत्वमा अन्य १० जना कार्यसमिति सदस्य चयन गर्ने छ । अधिवेशनमा चुनिएको कार्यसमितिले अन्य पदाधिकारी चयन गर्ने छ । त्रिशिद्धेश्वरी प्रालिको अधिवेशन फागुन १६ र १७ गते हुने तुलसीपुरमा हुने भएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *