२०८२ असार ७ गते आइतवार

मुलपानीमा मन्दिर उद्घाटन

सल्यान, फागुन १० । सल्यानको मुलपानीमा शिव मन्दिर उद्घाटन गरिएको छ ।

शुक्रबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले मन्दिरको उद्घाटन गरेका हुन । गाउँपालिकाको ३ लाख रुपैंयामा मन्दिर निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मोतिराम बुढाथोकीले जानकारी दिए ।

मन्दिर संगै चमेरे गुफा पनि रहेको छ । रमणिय र ऐतिहासिक महत्व बोकेको मुलपानीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने गाउँपालिका अध्यक्ष सेनले बताए ।

मन्दिरको प्रांगण फराकिलो बनाउने, तारवार गर्ने, सिढीमा रेलिङ निर्माण गर्ने जस्ता काम अझै बांकी रहेको र त्यसमा सघाउने उनले बताएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *