२०८१ भाद्र २३ गते आइतवार

‘भोटे’ मेलालाई पाठ्यक्रममा राख्ने छौं – मेयर पाण्डे

२० वर्षपछि फेरि सुरु भयो ‘भोटे’ मेला

यमकला भुसाल,तुलसीपुर, फागुन १० । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित कालाखोलामा ऐतिहासिक ‘भोटे’ मेला २० वर्ष फेरि सुरु भएको छ । विहानैदेखि हल्का बर्षा भएपनि त्यसको प्रवाह समेत नगरेर हानिसहरु मेलामा पुगेका थिए ।

झन्डै मेलामा १००० को हाराहारीमा मानिसहरु जमघट भएर ऐतिहासिक मेलालाई व्यूँताउन सहयोग गरे । महाशिवरात्रिको अवसर पारेर तुलसीपुर भोटे मेला यो वर्षदेखि सुरु गरिएको छ । मेलाको उद्घाटन शुक्रवार तुलसीपुर प्रमुख घनश्याम पाण्डेले गरेका हुन ।

पाण्डेले तुलसीपुर भित्रका विद्यालयहरुमा भोटे मेलालाई स्थानीय पाठ्यक्रममा समेटने प्रतिवद्धता जाहेर गरे । ‘शिक्षाको आन्तिरक पाठ्यक्रममा हामीले स्थानीय पाठ्यक्रमलाई समावेश गर्नुपर्ने हुन्छ’ पाण्डेले भने– ‘त्यसमा भोटे मेलालाई स्थानीय पाठ्यक्रम भित्रको एउटा अध्ययनको बिषय बनाउने छौं।’

पाठ्यक्रम बनाउदा भोटे मेलाको इतिहास,सांस्कृतिक,व्यापारिक र एउटा आध्यात्मिक पक्षलाई पनि समाबेश गरिने उनले बताए । त्यस्तै उनने आगामी वर्षदेखि एतिहासिक भोटे मेलाको निरन्तरता दिने प्रतिवद्धता जाहेर गरे ।

विगतमा सुनदेखि सुन तथा सिलाजित लगाएतका जडिबुटी विक्रिगर्ने केन्द्र भोटे मेला भएको हुँदा फेरि त्यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले तर्क गरे ।

कार्यक्रम तुलसीपुर वडा नं. ७ का अध्यक्ष तथा मेला मुल समितिका सयोजंक टोपबहादुर केसीको अध्यक्षतामा भएको हो । कार्यक्रममा घोडा दौड प्रतियोगिता पनि गरिएको थियो ।

प्रतियोगितामा तुलसीपुर १० वनगाउँका घुमलाल चौधरीको घोडा प्रथम हुन सफल भएको छ । प्रतियोगितामा प्रथम,द्धतिय र तृतिय हुने विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

मेलाको पहिलो दिन गायकहरु पत्रकार तथा गायकहरु देवेन्द्र बस्नेत, प्रेम (विवश) घर्ती, गायकहरु कृष्ण रेउले,नविन वली र एचआर मगर लगाएतका कलाकारहरुले प्रस्तुति राखेका थिए । सो अवसरमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सहजिकरण दिपक कुमाल र सन्तोष केसीले गरेका हुन । मेलाको शनिवार समापन गरिने छ । भोटे मेला माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समय विक्रम संवत २०५६ सालतिर वन्द भएको थियो ।

मेला भनिएपनि कार्यक्रम औपचारिक रुपमा गरिएको थियो । भाषणहरु पनि भए । नाचगान पनि भए । त्यसले गर्दा त्यो सांगेतिक कार्यक्रम जस्तो बन्न पुगेको थियो ।

कतिपयले आगामी वर्षदेखि औपचारिक रुपमा त्यस्ता कार्यक्रमहरु राख्नु भन्दापनि स्वस्फूर्त रुपमा स्थानीय उत्पादनहरु विक्रिवितरण गर्ने थलोको रुपमा विकाश गर्नुपर्ने वताए ।

‘मेलामा भाषण राम्रो होइन,’ सविन थारुले भने ‘ पहिले यस्तो हुदैन थियो, यसरी कार्यक्रम राखेर गीत गाउने तथा नाच्नुपनि मेला हैन ।’ आगामी वर्षदेखि त्यो सुधार्न आवश्यक रहेको चौधरीले बताए ।

 

 

 

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *