२०७८ असार ९ गते बुधवार

सालालाई भारतमा बेचेको अभियोगमा भिनाजु पक्राउ


दाङ, फागुन ९ । साला नाता पर्ने एक बालकलाई भारतमा लगेर विक्रि गरेको अभियोगमा प्रहरीले भिनाजु नाता पर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । तुलसीपुरको तल्लो हलवार निबासी ३६ बर्षीय काजु चौधरीले साला नाता पर्ने तुसलीपुरको बिजौरी निवासी १४ बर्षीय विशाल चौधरीलाई भारतको सिमलामा लगेर बेचेको भन्ने अभियोगका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता तथा निरिक्षक चक्र डम्बरपालले काजुलाई लुकिछिपी बस्दै आएको अवस्थामा फागुन ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाट पक्राउ गरिएको जानकारी दिए ।

काजुले साला नाता पर्ने बालक विशाललाई एक डेढ वर्ष हिले ललाई फकाई भारतमा लगेर बिक्रि गरेको भन्ने जाहेरीका आधारमा काजुलाई पक्राउ गरिएको प्रहरी प्रबक्ता पालले बताए ।

चौधरी विरुद्ध २०७५ माघ २५ गते ईप्रका तुलसीपुरमा मानव बेचबिखत तथा ओसारपसार सम्वन्धी मुद्दा परेको थियो । गतशाल मात्रै कैलालीका पत्रकारसहितको एक युवाले विशालको भारतवाट उद्धार गरेर दाङस्थित घर ल्याइदिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *