२०७७ फाल्गुन १३ गते बिहिवार

बिजौरी उवासघंको मतदान सकियो,बेलुका ७ बजेदेखि मतगणना हुने

तुलसीपुर,८ फागुन ।  बिजौरी उद्योग वाणिज्य सघंको मतदान सकिएको छ । सघंको नयाँ नेतृत्वका लागी बिहिवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान ४ बजे सकिएको हो ।

उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गिरीराज खत्रीले मतदान गरी निर्वाचनको उद्घाटनसँगै निर्वाचन सुरु भएको थियो । आज भएको निर्वाचनमा ४ सय ६३ मतदाता रहेकोमा ४ सय ५३ मत खसेको छ ।

निर्वाचन समितिका संयोजक प्रकाश रेग्मीका अनुसार बेलुका ७ बजे देखि मत गणना सुरु हुनेछ ।

सघंको नयाँ नेतृत्वका लागि बामपन्थीबाट प्यानलबाट अध्यक्ष पदमा प्रेमनाथ योगी, प्रजातान्त्रिक प्यानलबाट वीरेन्द्र खड्का र स्वतन्त्रबाट लेखनाथ खत्री (पुन्टे) निर्वाचनमा उत्रिएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *