२०७७ फाल्गुन २४ गते सोमवार

शान्ति उद्यानमा १७ फिटको बुद्धको मुर्ति राख्छौं – अध्यक्ष भण्डारी


यमकला भुसाल,
तुलसीपुर, फागुन ७ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको राप्ती शान्ति उद्यानमा १७ फिट उचाईको बुद्धको मुर्ति स्थापना गर्ने तयारी गरिएको बताएका छन् । बुधवार तुलसीपुरका हाम्रो पहुँच स्कुलले आयोजना गरेको उद्यान प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रममा उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले उद्यानमा कृतिम जलासय निमार्ण र प्राचिन सङग्रालय निमार्ण गरिने बताए ।

उनले प्रकृति र संस्कृतिलाई जोगाउने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको जानकारी दिए ।
तुलसीपुर नगरका प्रमुख घनश्याम पाण्डेले र उद्यानलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने जोड दिए ।

उद्यानका सल्लाहाकार भरत भण्डारीले राप्ती उद्यानलाई स्वर्गद्धारीसगं जोडेर लैजानुपर्ने सुझाव दिए ।
विद्यालयका शिक्षक तिलकराम कालाथोकीले उद्यानको विकास र प्रचारप्रसारका लागि स्थानीय पाठ्यक्रम बनाउने तयारी भइरहेको जानकारी दिए । यही वर्षदेखि कक्षा ४ र ५ कक्षाका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम अध्यापन गराउन सुरु गरेको उनले बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *