Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


डिभाईंन टेम्पलले वलीका परिवारलाई नगद २१ हजार सहयोग गर्यो


झूपु क्षेत्री,
हापुरे, फागुन ६ । विदेशमा मृत्यु भएका पश्चिम दाङका सोमराज वलीको परिवारलाई तुलसीपुरस्थित डिभाईन टेम्पल परिवारले मंगलवार घरमै पुगेर आर्थिक सहयोग गरेको छ ।बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५ बर्षीय वलीको दुबईमा माघ १२ गते भवन निर्माणका क्रममा लडेर मृत्यु भएको थियो । २ बर्ष पहिले रोजगारीको सिलसिलामा वली त्यहाँ पुगेका थिए ।

सोमराज दुबई पुगेको १३ महिनामा उनकी पत्नि ३२ बर्षीया खिमा वली रुखबाट लडेर आधा शरिर नचल्ने अवस्थामा छिन् ।वलीका छोेराले तुलसीपुर ६ गोलौराको डिभाईन टेम्पलमा कक्षा ८ मा अध्यन गर्छन ।
विद्यालयका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेको नेतृन्वमा विद्यालयका कक्षा ८ मा अध्यनरत बिद्यार्थी पुगेर स्वर्गीय वलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

त्यसक्रममा उनीहरुले घाइते अवस्थाकी वलीको उपचारमा सहयोग पुगोस भनेर २१ हजार नगद आर्थिक सहयोग गरेका थिए ।

त्यसक्रममा विद्यालयका प्रिन्सिपल न्यौपानेले वलीका छोराको कक्षा १२ सम्मको सम्पूर्ण पठन पाठन जिम्मा लिने प्रतिवद्धता जाहेर गरेका छन् । उनले आवासिय सुविधासहित कक्षा १२ सम्मको निशुल्क पढाउने व्यवस्था गरिने जानकारी दिए । उनले वलीको छोराको तिर्न बाँकी झन्डै ३० हजार बराबर शुल्कपनि मिनाहा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal