२०८१ भाद्र २८ गते शुक्रवार

व्यापारिक हकहित र सुरक्षाका लागि प्रजातान्त्रिक प्यानललाई मतदान गर्नुहोस – गौतम

तुलसीपुर,फागुन ६ । यहि फागुन ८ गते बिजौरी उद्योग वाणिज्य सघंको निर्वाचन हुँदै छ । त्यसमा नेकपा र काँग्रेस निकट दुई प्यानलका बीचमा प्रतिपर्धा हुन लागेको छ ।

नेपाली काँग्रेस निकट प्रजातान्त्रिक प्यानलको नेतृत्व विरेन्द्र खड्काले गरेका छन् भने नेकपा निकटको वामपन्थी प्यानल प्रेमनाथ योगीको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ ।

व्यापारीको चुनाव भएपनि त्यसमा राजनीतिक दलहरु पनि आ–आफ्ना प्यानललाई विजयी बनाउन खुलेरै लविङमा लागेका छन् । चुनावी प्रचार प्रसारमा हिडेका छन् । जितको दाबी दुबै समुहले गर्नु निर्वाचनका क्रममा अन्यथा होइन ।

यसै विषयमा फरककोणकर्मी यमकला भुसालले  प्रजातान्त्रिक प्यानलका महासचिव पदका उम्मेदवार विदुर गौतमलाई किन प्रजातान्त्रिक प्यानलले जित्नुपर्छ ? भनेर कुरा गरेकी छन् ।  त्यसको सार संक्षेप

१–संघमा तपाईको उम्मेदवारी किन ?

बिजौरी क्षेत्रका सम्रग उद्योगी,व्यापारीहरुको हक अधिकार र सुरक्षाका लागि प्रजातान्त्रिक समुहले जित्नु अति आवश्यक छ ।

त्यसैको लागि हामी विरेन्द्र खड्काको नेतृत्वमा चुनावमा गएका हौं ।  मेरो उम्मेदवारी पनि व्यापारिक हक हित र सुरक्षाको लागि हो ।

२– प्रजातान्त्रिक समुहलाई किन मतदान गर्ने ?

यो देशमा खुल्ला अर्थतन्त्रको अवधारणा ल्याउने नेपाली काँग्रेस पार्टी नै हो । उसैको अवधारणा आत्मसाथ गर्ने संस्था प्रजातान्त्रिक प्यानल हो । जस्ले हालसम्म समग्र व्यापारिक हक हितमा काम गर्दैै आएको कुरा सर्वविदित नै छ ।

त्यही विधि,थिति र नियमलाई आत्मसाथ गर्दै स्वतन्त्र रुपमा व्यापार व्यवसायको प्रवद्र्धन गर्ने काम गर्न र गराउन प्रजातान्त्रिक प्यानलले जित्न अति जरुरी छ ।

विजौरी कान्छो उद्योग वाणिज्य संघ भएपनि यो अति नै सामरिक महत्व भएको स्थानमा छ ।  तुलसीपुर र घोराही बीचको गतिशिल पुल बन्न प्रजातान्त्रिक प्यानल हरदम प्रयासरत रहने छौं ।

३–तपाँईको कुरा गरौं न है, बिजौरी क्षेत्रको व्यवसायिक क्षेत्रमा तपाईले गरेको योगदान के छ ?

म विगत ३ वर्षदेखि सघंको कार्यसमितिको सदस्य पदमा रहेर काम गर्दै आएको छु । म जहिलै यहाँका व्यापारीको हकहितमै काम गर्दै आएको छु । उद्योगी व्यापारीहरुलाई हरेक दुःख सुख्खमा साथ दिदै आएको छु ।

म र मेरो पुर्खा यही जन्मि हुर्केको हो । त्यसैले बिजौरीसंग भावनात्मक सम्वन्ध पनि छ । म यस क्षेत्रको हित र विकाशका लागि सदाबाहार लागि पर्ने छु । हामी आउँदा उद्योग वाणिज्य सघंको भवन थिएन ।

छाप्रोमा बसेर कार्यक्रमहरु गर्नुपर्दथ्यो । हाम्रो टिम आएपछि सबैभन्दा पहिले बिजौरीमा एउटा मेला लगायौँ । मेला लगाएपछि हामीले उद्योग वाणिज्य सघंको भवन बनाएर संस्था स्थापित गर्न सफल पनि भयौँ । भविस्यमा यसको थप विकाशका लागि यस्ता थप रचनात्मक कार्यहरु गर्ने छौै ।

४– तपाई र तपाँईको टिमले चुनाव जित्ने आधारहरु के छन ?

हाम्रो नेतृत्व गर्नु भएका विरेन्द्र खड्का यस क्षेत्रका सर्वप्रिय व्यक्ति हुनुहुन्छ । उहाँ आँफै एउटा सफल र स्थापित आश लाग्दो युवा व्यवसायी हो ।

उहाँले विजौरी क्षेत्रको विकाशका लागि गरेका कार्यहरु भनेरै साध्य छैन । मेरो कुरा गर्दा – बिजौरी उद्योग वाणिज्य सघंमा रहेर काम गर्दा यस क्षेत्रका सम्पुर्ण व्यापारीहरुले धेरै माया गर्नु भएको छ ।

फेरि पनि तपाई आउनु पर्छ भन्ने उहाँकै चाहानाले मेरो उम्मेदवारी परेको हो । उद्योग वाणिज्य संघलाई थप उचाईमा पुर्याउन तपाँई आउनु पर्छ भन्ने चाहाना आम व्यापारीको छ ।

त्यसैले म र मेरो टिमले जित्नेमा हामी ढुक्क छौं । म विश्वत छु,सम्पुर्ण व्यापारी साथीहरुले हामीलाई साथ,सहयोग गर्नुहुने छ ।

५ –तपाई पार्टीको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ,समय दिन सक्नुहुन्छ त ?

दुबै क्षेत्रको काम लगभग एउटै हो । सेवा । म निर्वाचित भए विजौरी क्षेत्रको विकाशमा कुनैपनि राजनीतिक स्वार्थ जोड्ने छैन ।

म उद्योग वाणिज्य सघंमा राजनीति गर्न हैन सेवा गर्न जान लागेको हो । यो मेरो प्रतिवद्धता हो ।

६ – तपाँहरुका योजना के–के छन् ?

म बिजौरी उद्योग वाणिज्य सघंको महासचिव पदमा निर्वाचित भएपछि यहाँका व्यापारीहरुका विभिन्न समस्याहरुलाई हल गर्न तर्फ लाग्ने छु ।प्रहरी चौकीको स्तवृद्धि गर्नको लागि हाम्रो टिमले पहल गर्ने छ ।

सार्वननिक शौचालय निर्माण, पार्किङ स्थलको निर्माणमा हामी भूमिका खेल्ने छौं । विजौरी जिल्लाकै सुन्दर छ । यसमा मानिसहरुको तीव्र आकर्षण छ ।

सानो ठाउँ भएपनि तीव्र बजारीकरण र जनसंख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । त्यसलाई व्यवस्थित बनाउन म र मेरो टिमले भूमिका खेल्ने छ ।

७ –अन्त्यमा, मैले केही सोध्न छुटाएकी ?

अन्त्यमा,मेरा उद्योगी,व्यापारी सम्पुर्ण साथिहरुलाई म र मेरो सम्पूर्ण टिम प्रजातान्त्रिक प्यानललाई मतदान गर्न मेरो विशेष आग्रह छ ।

यहाँहरुलाई सबैलाई समान व्यवहार गर्दै निष्पक्ष र पारर्दर्षी ढगंले बिजौरी उद्योग वाणिज्य सघंको यात्रा अगाडि बढाउने म मन,वचन, कर्मले लाग्ने छु । धन्यावाद ।

 

 

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *