यमकला भुसाल,तुलसीपुर,६ फागुन । तुलसीपुर स्थित तुलसी बोडिङ् स्कुलमा उपभोक्ता हितका लागी १ दिने सचेतनामुलक अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रिन्सीपल भिष्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपभोक्ताले सुरक्षित तरिकाले बस्तु तथा सेवा उपभोग गर्न पाउनुपर्नेमा जोड दिइन।
तुलसीपुर उपमहानगरपालिकाको कार्यालय उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बिबेक बन्जाराले अभिभावक र विद्यार्थीहरुलाई खाद्य स्वच्छता विषयमा प्रशिक्षण दिएका थिए ।
उनले खानेकुरा खादा सधै पोषिलो र स्वच्छ खानुपर्ने,खानेकुराबाट आउन सक्ने हानिकारक बस्तुहरुको ख्याल गर्नुपर्ने,हानिकारक बस्तुका श्रोतहरु,जोखिमयुक्त खाद्यबस्तुहरु,खाद्य प्रशोधनका क्रममा विकास हुने हानिकारक बस्तुहरु,खाद्य स्वच्छताका उपाय लगाएतका बारेमा जानकारी गराएका हुन ।
त्यस्तै उपभोक्ता हित संरक्षण केन्द्रिय सदस्य एवं दाङका अध्यक्ष केशव कुमार शर्माले उपभोक्ताको अधिकारको बारेमा जानकारी दिएका थिए ।
उनले हरेक व्यक्तीले बस्तु तथा सेवाको बारेमा जानकारी लिनपर्ने बताए । अहिले विभिन्न किसिमका बस्तुको ठगी भैरहेको छ,उनले भने,–बिज्ञापनको भरमा नपरेर गुणस्तरीय र मुल्य हेर िमात्र बस्तु र सेवाको खरिद गर्नुपर्छ ।
कार्यक्रममा १ सय बढी विद्यार्थी,शिक्षक,अभिभावकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका सोभा गौतमले गरेकी थिइन ।