२०८१ असोज ३ गते बिहिवार

लमहीको सनर्राइज एग्रोभेटलाई ३ लाख जरिवाना


काठामन्डौं,फागुन ५ । गरिमा धानको विउ भनेर कृषकलाई ठग्दै अन्य कमसल धानको विउ बेच्ने आयातकर्ता तथा वितरक कम्पनीलाई ३१ लाख २० हजार जरिवाना भएको छ। जरिवाना अन्तर्गत विभागले सनराईज एग्रीकल्चर रिसर्च प्राली लमहीलाई ३ लाख जरिवाना गरेको छ। त्यस्तै १४ फर्मलाई जनही २–२ लाख रूपैयाँ जरिवाना गरेको छ भने अर्को एक फर्मलाई २० हजार रूपैयाँ जरिवाना गरेको छ।

दाङ लमहीस्थित सनराइज एग्रोभेटलाई ३ लाख जरिवाना गरिएको छ । उस्ले विक्रि वितरण गरेको धान रोपेका लमहीका किसानको धान फल नै नलागे पछि किसान मर्कामा छन् । आयातकर्ता सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले गरिमाको ३४.८ टन बीउ आयात गरेकोमध्ये २३ हजार ४ सय २८ किलो धानको बिऊ बेचेको थियो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार आयातकर्ता कम्पनी र १४ एग्रोभेटलाई २÷२ लाख जरिवाना गरेको छ । उक्त कसुरमा सुलु भेट सेन्टर बर्दियालाई २० हजार जरिवाना भराएको छ।

लामो समयसम्म पनि धानमा बाला नलागेपछि किसानहरूले उजुरी गरेका थिए। उक्त उजुरीको आधारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्ले धानको परिक्षण गरेको थियो। परिक्षणमा धानको बिऊ नक्कली परेको देखाएको थियो।

त्यसपछि मन्त्रालयले तत्काल विउबिजन गुणस्तर नियन्त्रण केन्द्रको संयोजकत्वमा क्षतिपूर्ति समिति गठन गरेको थियो। गठित क्षतिपूर्ति समितिले किसानको उत्पादन लागत खर्चका आधारमा १७ करोड र परिमाणका आधारमा २३ करोड रुपैयाँ क्षति भएको सिफारिस गरेको थियो ।

केन्द्रका अनुसार सबैभन्दा बढी चितवन, कैलाली, बाँके, बर्दिया, दाङ, तनहुँ, कञ्चनपुर, नवलपरासीलगायत १३ जिल्लाका ६० पालिकामा क्षति पुगेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *