२०८० चैत्र १६ गते शुक्रवार

पर्सेनीको भोटे मेला २० वर्षपछि व्यूँताउने तयारी

kala khola parseni

तुलसीपुर,फागुन ५ । दाङको पर्सेनीमा २० वर्षपछि भोटे मेला लगाउने तयारी गरिएको छ । फागुन ९ गते परेको शिवरात्रिको अवसर पारेर ९ र १० गते गरि दुई दिन मेला लगाउने तयारी गरिएको छ ।  तुलसीपुरमा सोमवार पत्रकार सम्मेलन गरि मेला आयोजक मुल सिमतिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीले त्यो जानकारी दिएका हुन ।

बर्षौदेखि लाग्दै आएको भोटे मेला तत्कालिन माओवादी सशस्त्र द्धन्द चरम उत्कर्षमा पुगेको समयमा विक्रम संवत २०५६ सालदेखि लाग्न छोडेको थियो । पर्सेनीमा भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था छैन । ऐतिहासिक भोटे मेला जुम्ला र भोटतिरवाट जाडो छल्न दाङ घोडासहित झर्ने भोटेहरुका कारण लाग्ने गर्दथ्यो ।

‘हिमालका मानिसहरु यहाँ घोडा, तथा विभिन्न जडी बुटी ल्याएर व्यापारका लागि आउँथे,’ मेलाका संयोजक केसीले भने ‘ त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो।’

त्यही परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस भनेर २० वर्षपछि पुनः भोटे मेला व्यूँताउन लागिएको उनले बताए ।

कार्यक्रममा तुलसीपुर १० का वडा अध्यक्ष कुमार लामिछानेले त्यतिबेला घोडालाई यातायातको प्रमुख साधननको रुपमा प्रयाग गरिदै आएको हुँदा भोटे मेलामा घोडा दौड प्रतियोगिता समेत हुने गरेको बताए ।

तर, उनले आज घोडाहरु सामान वसार पसारमा प्रयोग गर्दै आइएको हुँदा पहिले जस्तो चालमा दौडने घोडाहरु नरहेपनि स्थानीय घोडा व्यवसायीका घोडाहरुलेका दौड प्रतियोगिता गराएर पम्परा कायम राख्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीयबासी तथा तुलसीपुर कार्यपालिका सदस्य दिपक कुमाल, स्थानीय इश्वरी भण्डारी लगाएतले पर्सेनीमा लाग्ने भोटे मेलाको अवसरमा लोक दोहरी प्रतियोगिता, घोडा दौड प्रतियोगिता आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिए ।

शिवरात्रिको दिन मेला व्यूताउँनु पूर्व खुसियालिमा विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुसपनि निकाल्ने मेल आयोजक मुल समितिले जानकारी दिएको छ । पत्रकार सम्मेलनको सहजिकरण पत्रकार विमल गौतमले गरेका हुन ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *