२०८१ भाद्र २३ गते आइतवार

मिरौली महायज्ञमा ५औं दिन मध्यान्हसम्म ५ लाख दान संकलन


दंगिशरण,फागुन ५ । दंगिशरण – ५ मिरौलीमा सञ्चालित श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञमा पाँचौ दिन पाँच लाख दान संकलन भएको छ। महायज्ञको पाँचौ दिन मध्यान्हः १२ बजेसम्म पाँच लाख नगद संकलन भएको छ । त्यसमा खाद्यान्न दान गणना गरिएको छैन । दिनानुदिन दानविरहरु थपिने क्रम बड्दो रहेको मुल आयोजक समितिले जानकारी दिएको छ ।

यहाँ महेश्वर शिवालय धर्मशाला निर्माणार्थ ज्ञानमहायज्ञको आयोजना गरिएको हो ।स्थानीयहरुको साथ र सक्रियतामा ज्ञानमहायज्ञ सफल वन्ने आशा व्यक्त गरिएको छ । ज्ञानमहायज्ञमा लक्षबर्तिका, व्रतबन्ध, बिबाह, रुद्री लगायतका धार्मिक कार्यक्रमहरु हुने गरेको ज्ञानमहायज्ञ सूचना बिभागका सदस्य अर्जुन भट्टराईले जानकारी दिए ।

फागुन १ गतेदेखि सुरु भएको ज्ञानमहायज्ञ ९ गते सम्म चल्ने छ । ख्याति प्राप्त पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागबतका अभीयान्ता हरिचन्द्र तिमल्सिनाले कथा वाचन गर्दै आएका छन् । ज्ञानमहायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरूले भजन कृतन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *