२०७८ असार ९ गते बुधवार

सल्यानमा निर्माणाधिन घर भत्किदा ४ महिला घाइते


दाङ,फागुन ४ । सल्यानमा निर्माणाधिन घर भत्किदा चार महिला घाइते भएका छ्न । आइतवार दिउँसो साढे ४ बजे छत्रेश्वरी गाउँपालिका वडा न २ मा निर्माणाधिन घर भत्किदा घर निर्माणको कामगर्दै आएका मजदुरहरु भुमा बस्नेत खड्का, रीता विक, रेवती विक र कबिता बस्नेत घाइते भएका छन् ।

घाइते सबैलाई सामुदायिक स्वास्थ्य केन्द्र छत्रेश्वरीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल खलंगामा लगेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए । निर्माणाधिन घरको दोस्रो तलाको काम हुँदै गर्दा घर भत्किदा उनीहरु घाइते भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *