Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


रुपन्देहीमा सवारी दुर्घटना हुँदा दाङका युवाको मृत्यु


 

रुपन्देही, फागुन ४ । रुपन्देहीको भएको दुर्घटनामा परि दाङका एक युवाको मृत्यु भएको छ । पिकअप चालक असकुमार चौधरीको मृत्यु भएको र उनी दाङ निवासी रहेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । दाङ भन्ने खुलेपनि कुन ठाउँ भन्ने पत्ता लागि नसकेको प्रहरीले  जानकारी दिएको छ ।

पिकअपको ठक्करवाट घाइते हुनेमा मोटरसाईकल चालक पाल्पा तिनाउ गाउँपालिका वडा नं. १ का ४७ वर्षीय कमलप्रसाद पोखरेल र पछाडि बस्ने कृष्ण खड्का रहेका छन् । गम्भीर घाइते उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । तिलोत्तमा नगरपालिकाको नयाँमिलमा ग्यास बोकेको पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा आइतवार दिउँसो उक्त दुर्घटना भएको हो ।

बेलहिया सडक खण्ड अन्तर्गत नयाँमिलमा बुटवलबाट मणिग्राम तर्फ जाँदै गरेको लु. १ च ३८२६ नं. को ग्यास सिलिण्डर बोकेको पिकअप गाडी मणिग्रामबाट बुटवलतर्फ आउँदै गरेको लु. १९ प ५३६३ नं. को मोटरसाइकलसँग ठोक्किएको थियो ।

मुख्य सडकबाट गुडिरहेको गाडीको अकस्मात टायर पञ्चर भएपछि अनियन्त्रित भइ सर्भिस लेनमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिन पुगेको थियो। त्यसपछि पिकअप मुख्य सडक र सर्भिसलेनलाई छुट्टयाएको फलामे रेलिङ भाँचेर सर्भिसलेनमा ठोक्नि पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal