२०७७ फाल्गुन १९ गते बुधवार

महराको मुद्दामा सुनुवाई जारी

काठमान्डौं, फागुन ४ । जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आइतवार सुनुवाइ भइरहेको छ।

गत असोज १२ गते राति संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जवरजस्ती करणी प्रयास गरेको अभियोग उनीमाथि लागेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेका छन् । सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ।

यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। तर उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो।

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *