दाङ,फागुन ३ । सल्यानमा एक किशोरीको घाँटी रेटेर विभत्स हत्या भएको छ ।जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी अन्दाजी १६ बर्षीया कविता बोहराको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । छ ।
हत्या गरिएकी बोहोराले स्थानीय विद्यालयमा कक्षा ९ मा पढ्ने गर्थिन । डिएसपी खतिवडाका अनुसार उनको अगाडि पट्टी घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
शुक्रबार राति ९ बजेसम्म कविताले कोठमा एक्लै पढिरहेको र घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको समयमा उनको हत्या भएको हुन सक्ने उनका अभिभावकले बताएको प्रहरीले जानकारी दिएको छ ।
रातको एक बजेतिर कविताका भतिजा (बालक) विरामी भएर वान्ता गर्न थालेपछि कविताको खोजी सुरु भएको थियो ।
परिवारका सदस्यले कवितालाई उठाउन भनि उनको कोठामा जाँदा नदेखपछि खोज्दै जाँदा घरदेखि बाहिरी गाईबस्तु बाँध्ने भकारो नजिकै उनको शव फेला परेको थियो । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।