दाङ, फागुन ३ । साल प्रजातिको रुखको बाहुल्यिता रहेको दाङमा साल वनको हैसियत सुधार गर्न पहिलो पटक डिभिजन वन कार्यालय दाङले विशेष कार्ययोजना बनाएर काम शुरु गरेको छ ।
पत्ल्याउने (थिनिङ कार्यक्रम) को पुरुक कार्ययोजना गराएर दाङका १६ वटा वनको एक सय हेक्टर बढी सामुदायिक वन क्षेत्रमा पत्ल्याउने (थिनिङ कार्यक्रम) शुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
सामुदायिक वनले आफ्नो स्वीकृत कार्ययोजना अनुसार वनको संरक्षण, गोडमेल, छटनी कटनी, झाडी सफाई र सदुपयोगको काम बिगतका बर्षहरुदेखि गर्दै आइरहेको थियो । वनको आवश्यकता अनुसारको पत्ल्याउने काम भने पहिलो पटक सुरु गरिएको छ ।
सालको वनको हैसियतमा सुधार गर्नको लागि वन पत्ल्याउने काम शुरु गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवाली जानकारी दिए ।
वनमा लाथ्रा र पोलको उचित स्टक कायम गरि वोटविरुवा बीच प्रतिस्पर्धा कम गर्दै समग्र वनको वृद्धि वढाउने उदेश्य रहेको उनले बताए । थिनिङ कार्यक्रमले वनको हैसियत सुधार गर्ने, साइज अनुसार प्रतिहेक्टर हुनुपर्ने रुख कायम गर्ने, राम्रा, गुणस्तरीय र उत्पादनसिल रुख राख्न सहयोग पुग्ने विश्वास डिभिजन वन अधिकृत ज्ञवालीको विश्वास छ ।
दाङका १६ वटा सामुदायिक वनको पत्ल्याउने क्रियाकलाप कार्यान्वयनको पुरक कार्ययोजना बनाई डिभिजन वन अधिकृतबाट स्वीकृत पछि कामको थालनि गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीे बताए ।
कार्यक्रम अन्र्तगत फागुन १ गतेदेखि घोराही उपमहानगरपालिकाका अन्र्तगतका बसन्त हरियाली, कालिका र चरिङ्गेदह सामुदायिक वनमा काम शुरु भइसकेको छ । अन्य सामुदायिक वनमा पनि तत्काल काम थालिने केसीले बताए ।
डिभिजन वन कार्यालय दाङका ८ वटा शव डिभिजन कार्यालय अन्र्र्तगत प्रत्येकमा २÷२ वटा गरि १६ वटा सामुदायिक वनमा काम हुने छ ।