२०८० चैत्र १६ गते शुक्रवार

आचार्य वालकृष्ण र नगरप्रमुख पाण्डेबीच भेट

काठमाडौ,फागुन ३ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र पतञ्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णका विचमा काठमाडौमा भेट भएको छ ।

तुलसीपुरमा वृहत योग शिविर सञ्चालनका लागि पतञ्जली योग पिठले पछिल्लो समय चासो दिएको कुराका वारेमा भेटमा छलफल भएको हो । योगगुरु रामदेवको उपस्थितिमा वृहत योग शिविर सञ्चालनका लागि पछिल्लो समय उपमहानगरपालिकाले काम अगाडि वढाएको छ ।

भेटका क्रममा तुलसीपुरलाई योगको सहरका रुपमा विकास गर्न वैदिक कृषि तथा जटिवुटी खेति प्रवद्र्धन गर्ने, उद्योग स्थापना गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

नगर प्रमुख पाण्डेले जटिवुटी खेति गर्न उपमहानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *