२०८० चैत्र १६ गते शुक्रवार

राप्ती लाईफ केयर हस्पिटलमा एटिएम सेवा शुरु

तुलसीपुर, २ फागुन । दाङ तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले एटिएम सेवा शुरु गरेको छ । यो सेवा शुरु भएसंगै अब हस्पिटलबाटै एटिएमबाट पैसा निकालेर उपचार गर्न सकिने छ ।

ग्राहकको सहजताका लागि हस्पिटलबाटै एटिएम सेवा शुरु गरेको हस्पिटलका प्रबन्धक जीवन भण्डारीले बताए ।‘ हस्पिटलमा विरामीकालागि पैसा अपुग भएमा एटिएमबाटै पैसा झिक्न सकिन्छ’ उनले भने‘ यो सेवा शुरु भएपछि ग्राहकलाई सहज हुनेछ ।’

जुनसुकै बैंकको एटिएम कार्डबाट पैसा झिक्न सकिने उनले बताए । नविल बैंकसंग सहकार्य गरेर एटिएम सेवा शुरु गरेको भएपनि जुनसुकै बैंकको एटिएम कार्ड राखेर पैसा निकाल्न सकिने उनको भनाई छ ।

साथै हस्पिटलले ‘फोन पे’ सेवा पनि सुरु गरेको छ । यो संगै हस्पिटलले अब मोवाईलवाटै पनि हस्पिटलको विल भुक्तानी गर्न सकिनेछ । प्रबिधीको विकाससंगै हस्पिटललाई प्रबिधिमैत्री बनाएको उनको भनाई छ ।

फागुन महिनाको सुरुवातसंगै हस्पिटलले यी दुईवटै सेवा शुरु गरेको हो ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *