२०८१ साउन ९ गते बुधवार

राजमोले सुरु गर्यो दाङमा एक महिने अभियान


तुलसीपुर,फागुन १ । राष्ट्रिय जनमोर्चाले दाङमा एक महिने संगठनात्मक अभियानको उद्घाटन गरेको छ ।जिल्ला अध्यक्ष गणेश आचार्यले विहीवार घोराहीमा अभियानको उद्घाटन गरेका हुन । आचार्यले फागुन महिना भर सम्पुर्ण नेता कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर देशको अबस्थाको बारेमा जानकारी गराउन आग्रह गरेका छन् ।

उनले राष्ट्रियताको आन्दोलनमा सामेल हुन जनतालाई अनुरोध गरिने बताए । घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षता भएको कार्यक्रममा जिल्ला सदस्य सुशील पोख्रेल,अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्ती,जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीका बिक,अखिल नेपाल कानुन ब्यबसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य लगाएतले मनतब्व व्यक्त गरेका थिए ।

नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा एक महिने कार्यतालिका जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्र्तीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *