२०८१ असार ३० गते शनिवार

हापुरे महोत्सबको तयारी पूरा

घोराही, २७ माघ । बबई गाउँपालिकाको हापुरेमा हुने प्रथम हापुरे ब्यापारिक तथा पर्यटन महोत्सब २०७६ को तयारी पूरा भएको छ । बबईको हापुरे बजारमा भोलीदेखि सूरु हुन लागेको महोत्सबको तयारी पूरा भएको हो ।

घुम्न जाऔँ हापुरे नारासहित बबई मगर एकता क्लबको मुख्य आयोजना र बबई समृद्धि युवा क्लबको आयोजनामा भोलीदेखि फागुन १० गतेसम्म महोत्सब सञ्चालन हुन लागेको छ । पर्यटन बर्षलाई लक्षित गरेर महोत्सबको आयोजना गरिएको हो ।

महोत्सबमा एक सय २० वटा स्टल राखिएको छ । दश वटा कृषि, दश वटा होट र बाँकी एक सय वटा ब्यापारिक स्टल राखिएको स्टल ब्यबस्थापन समितिका संयोजक रोहन पुनले जानकारी दिए ।

क्लबले स्थानीय कला, सस्कृती, पर्यटनको प्रबद्र्धन गर्न महोत्सबको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक मानबहादुर खर्लुक मगरले जानकारी दिए । पश्चिम दाङका साथै सल्यानका पश्चिम क्षेत्रका स्थानीयले महोत्सबको अबलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सबमा ब्यापारिक स्टल बाहेक, बाल उद्यानको पनि ब्यबस्था गरिएको छ । यस्तै महोत्सब अवधिभर राष्ट्रिय एवं स्थानीय कलाकार तथा विभिन्न प्रतियोगीताको आयोजना गरिएको संयोजक मानबहादुर खर्लुक मगरले जानकारी दिए ।

महोत्सबमा नायिका रेखा थापा, नायक बिराज भट्ट, गायक प्रकाश सपुत, चन्द्र शर्मा, कुलेन्द्र बिश्वकर्मा, कृष्ण रेउले, गायिका प्रिती आले, टीका पुन, शान्तिश्री परियार, हास्य कलाकार हर्के हवल्दारको सहभागीता रहने जनाइएको छ ।

 

 

प्रकाशित मिति : २०७६ माघ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *