२०८१ असोज २९ गते मङ्गलवार

प्रदेश एक्स्पो बारे पत्रकार सम्मेलन

घोराही, माघ २४ । बेलझुण्डीमा हुने प्रदेश एक्स्पो कार्यक्रम बारे जानकारी दिन शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरिएको छ । प्रदेश सरकारले फागुन १० गतेदेखि १२ गते ३ दिन सम्म तुलसीपुरको बेलझुण्डी रंगशालामा एक्स्पो गर्ने तयारी अगाडि बढाएको छ ।

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पत्रकार सम्मेलनमा एक्स्पो गर्न प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको बताए । प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म २ बर्षको अवधिमा गरेका गतिविधि र उपलब्धिका बारेमा जानकारी दिने उदेश्यका साथ एक्स्पो गर्न लागेको बताएको छ ।

कार्यक्रममा प्रदेशका १२ जिल्लाका ३५ जना व्यक्तिहरुलाई पदकले सम्मान गर्न लागिएको मन्त्री केसीले बताए । सरकारी र निजी क्षेत्र गरि करिव ५०० स्टलहरु रहने जानकारी दिए । एक्स्पो गर्न कानुन मन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन गरि विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् ।

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *