काठमान्डौं, माघ २२ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।
उनलाई मंगलवार बेलुका ८ बजेतिर मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। २४ वर्षअघि ओपन हार्ट सर्जरी गराएका शर्मालाई इन्फेक्सनको समस्या भएपछि अस्पताल लगिएको थियो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा उपचार क्रममा उनको बुधवार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
इलाम जिल्लाको फिक्कलमा जन्मिएका शर्माले नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम सुरू गरेका थिए।
प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार