२०८१ असार २९ गते शुक्रवार

घोराही महोत्सवमा प्रहरीको दोहोरी


घोराही,माघ २० । घोराही महोत्सवमा सोमवार चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र मोडल तथा गायिका प्रिती आलेले दर्शकलाई भरपुर मनोरञ्जन दिए ।

उनीहरुले दोहोरी मार्फत दर्शकहरुलाई छमछमी नचाए । प्रितीको वेली डान्स र कमल गाउँलेको हास्यव्यङ्ग्य प्रस्तुतीले महोत्सवको माहोल रोमाञ्चित बनेको थियो ।सोमवार गाउँले, आले, कमल–नारायण, प्रेम शर्मा, देवकला बस्नेत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।
बीचमा स्थानीय कलाकारहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

प्रहरीको सचेतनामुलक दोहोरी
महोत्सवमा समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरीले कलाकारहरुसँग सचेतनामुलक दोहोरी गायो । दोहोरीमा बहुविवाह, वाल विवाह, लागु औषध, साइवर अपराध, चोरी जस्ता विषयमा सचेतनामुलक शन्देश प्रस्तुत गरिएको थियो । गीत संगित मार्फत समाजमा सचेतना फैलाउने उद्देश्यले सन्देशमुलक दोहोरी गीत गाइएको हो एक प्रहरी जवानले बताए ।

मङ्गलवार प्रमोद खरेल आउने
महोत्सवको बाह्रो दिन मङ्गलवार लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन् । मङ्गरवाल खरेल सहित चर्चित हास्यव्यङ्ग्य कमल गाउँले, बिक्रम थापा लागयत कलाकारहरुले प्रस्तुती देखाउने छन् ।
महोत्सवको अन्तिम दिन आउँन नजिकै रहँदा दर्शकहरुको उत्साह निकै देखिएको दाङ चेम्बर अफ कमर्सका सचिव एवम् प्रचारप्रसार समिति संयोजक कुमारराज श्रेष्ठले बताए । घोराही महोत्सव पनि मंगलवार नै समापन हुने छ ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *