२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुरमा … कोमल वलीले दर्शक झुमाइन

तस्बिर : राजेश खत्री

शरद रेग्मी,
तुलसीपुर,माघ १९ । तुलसीपुरमा माघ १० गतेदेखि सञ्चालन भएको महोत्सवको भोलि (सोमवार) अन्तिम दिन ।महोत्सवमासोमवार चर्चित गायक प्रमोद खरेल, गायक हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ,मोडेल अस्मिता राना, कृति पाण्डे, मोडेल आशा विक, उषा विक लगायत आउने आयोजकले जानकारी दिएको छ ।

आइतवार राष्ट्रियसभा सदस्य तथा लोक दोहरी कोमल वलीले गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी छन् ।तुलसीपुरस्थित बाँझो खेतमा लगाइएको महोत्सवमा वलीले आफ्नो लोकपृय गीत ‘बाझो खेतमा, ढल्के सलाम छ मायालाई पहिलो भेटमा’ बोलको गीत गाउँदा दर्शकहरु बाँझो खेतमा नाचेका थिए ।

तुलसीपुरमा म जाँदा खेरी,हजुर भेटै भयो गजबको तन्नेरी … बोलको गीतमा पनि दर्शकहरु खुबै रमाएर नाचेका थिए ।त्यस्तै गायक शक्ति चन्दले टप्पा गीत गाउँदापनि दर्शकहरु छमछमी नाचेका थिए । हाँस्यकलाकार भटभटे माईलाको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।

त्यस्तै गायिका अनु गुरुङ, गायक तथा हाँस्य कलाकार मनिष खड्का,मोडेल सरिष्मा मगर,गायिका प्रेरणा पाण्डे लगाएतले आइतवार प्रस्तुती राखेका थिए । महोत्सवमा तुलसीपुर उद्योगवाणिज्य संघका पूर्व अध्यक्ष दिपेन्द्रकुमार खत्रीले दोघरेको सभाहलको लागि एकलाख १५ हजार पाँच सय ५५ रुपौयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७६ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *