२०८१ असोज २४ गते बिहिवार

शनिवार दुर्गेश संगै नाच्यो घोराही

घोराही, माघ १८ । घोराही महोत्सवमा शनिवार दर्शकहरुको अत्याधिक भिड रह्यो । महोत्सवको ९औं दिन घोराहीमा दुर्गेश थापा आउँदा थामिनक्सनु भिड आएको हो ।थापाले गीत प्रस्तुत गर्दा युवा÷युवती निकै रमाएका थिए । हुटिङले महोत्सव क्षेत्र गुञ्जाएमान भएको थियो ।

बाल कलाकारहरु कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरीमा पनि दर्शकहरुले भरपुर मनोरञ्जन लिएको प्रतिक्रिया दिएका छन् ।महोत्सव अन्य दिनको तुलना निकै भव्य बनेको आयोजक संस्थाका पदाधिकारीहरुले बताएका छन् ।

शनिवार महोत्सवमा लोकप्रिय गायिका देवकाला बस्नेत, ढाकाराम पौडेल, दिक्षा सुनारले प्रस्तुतिहरु राखेका थिए ।दर्शकको साथले आयोजित उत्साहित महोत्सवको ९औं दिन सबैभन्दा बढी दर्शक अवलोकनका लागि आएको आयोजक संस्था चेम्वर अफ कमर्स दाङका कोषाध्यक्ष विकाश अग्रवालले जानकारी दिए ।

भिड धेरै भएपछि करिव आधा घण्टा जति टिकट बिक्री रोकेर दर्शकहरुको व्यवस्थापन गर्नु परेको उनले बताए । अत्याधिक दर्शक बढेपछि बैकल्पिक बाटोबाट बाहिरिने व्यवस्था गर्नु परेको चेम्वरका महासचिव टिकादत्त खनालले बताए ।

पछिल्ला दिनहरु दर्शकहरुको संख्या बढिरहेको हुँदा आँफूहरु निकै उत्साहित भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताए । उनले महोत्सव सोँचेको भन्दा भव्य रुपमा सम्पन्न हुने देखिएको भन्दै खुसी साटे ।

यसैबीच शनिवार महोत्सव स्थलमा ११ जनाले रक्तदान गरेका छन् । आइतवार पशुपति शर्मा आउने महोत्सवमा आइतवार कमला गाउँले, पशुपति शर्मा, भुमिका गिरी लगायत अन्य चर्चित गायक तथा कलाकारहरु आउने तय भएकधो प्रचारप्रसार समितिका संयोजक कुमारराज श्रेष्ठले जानकारी दिएका छन् ।  आइतवार दोहोरी गीत प्रतियोगिताको फाइनल कार्यक्रम छ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा जारी महोत्सव २० गते सम्म चल्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *