२०८२ असार ३० गते मङ्गलवार

सम्झौता अनुरुप सुध्रिएन तुलसीपुर बसपार्क

फाइल तस्बिर , तस्बिर : राजेश खत्री

खेमराज रिजाल,
तुलसीपुर, माघ १८ । मुख्य मन्त्रीले विधिवत उद्घाटन गरेको करिव दुइ महिना पुग्न थालेको छ । ठेक्का लगाएको पनि त्यो भन्दा बढि समय भएको छ । तर नगर विकश कोषबाट ऋण लिदाखेरीको संझौता अनुरुप बसपार्क सुध्रिन सकेको छै्रन । यसको सवैभन्दा बढि मारमा यात्रुहरु छन् । त्यसपछि यातायात व्यवसायी र ठेक्का लिने कम्पनी पनि ।

बसपार्कमा सडक बक्तिको व्यवस्थापन हुन सकेको छैन । बस टर्मिनल र स्टलहरुको सुरक्षाका लागि ठेकेदार कम्पनीले निजी सुरक्षाकर्मी राख्नु पर्ने अवस्था देखिएको छ । यात्रु प्रतिक्षालयको अभावमा यात्रुहरुले टर्मिनलको नालापेटिबाट टिकट काट्नुपर्ने अवस्था रहेको छ ।

बसपार्कको उपयुक्त कम्पाउण्डको अभावमा केहि दिन बसपार्कमै पार्किङ गरिएको थियो । धन्न ठेक्का लिने कम्पनीले राखेको निजि सिसी क्यामेराले ती व्यक्तिलाई पक्राउगर्न सफल भएको थियो ।

अहिलेसम्म बसपार्कको संपुर्ण व्यावस्थापनको जिम्मा तुलसीपुर उपमहानगरपालिकाले लिएको छ । तर संझौता अनुरुपका कम कहिले सम्पन्न हुनेमा यातायात व्यवसायीहरु र ठेक्का लिने कम्पनीनै वेखवर छन् । टर्मिनल भवनको पुर्वपट्टि लगाएको कम्पाउण्डका सरीया बसपार्क भन्दा वाहिरका व्यवसायीहरुले काटेर आफ्नो पशल होटलमा छिर्ने मेसो मिलाएका छन् । पुर्वपट्टि सटर फर्काएका ती भवनहरु अहिले पश्चिमपट्टि फर्किएका छन् तर दुइ इन्चका सरीया कार्टिदा नगरपालिका वेखवर छ ।

यसको प्रत्यक्ष असर बसपार्कको टर्मिनल भवनभित्र चियाचमेना गृह सन्चालन गरेका व्यवसायीलाइ परेको छ । चमेनागृह सन्चालक प्रकाश चौधरी भन्छन्, ‘बसपार्कको टर्मिनलमा बनाइने भनिएको यात्रु प्रतिक्षालयको निर्माण नहुंदा र पुर्वपट्टिको कम्पाउण्डका ग्रिलहरु काटिनुका कारण व्यवसाय सन्तोषजनक छैन । मासिक करीव १ लाख रुपैया भाडा तिरेर सन्चालन हुंदै आएको आफ्नो चमेनागृहले मासिक भाडा तिर्न समेत मस्कील भएको सञ्चालक चौधरीको अभिव्यक्ति छ ।

फाइल तस्बिर , तस्बिर : राजेश खत्री

बसपार्कमा ठडइएका बत्तिहरुले उज्यालो दिन सकेका छैनन् । ‘यात्रुहरुले मोवाइइलको सहारामा साझपछिका बस खोज्नुपर्ने अवस्था छ, आधुनिक बसपार्कमा सुरक्षाको अनुभुति भएन’—रात्रीबसबाट काठमाण्डौ जाने टिकट लिन आएका यात्रु दोर्णाचार्य शर्माले भने । यतिमात्र होइन, एउटा काउण्टर टर्मिनल भवन वाहिरै राखिएको छ । संयुक्त यातायात टिकट काउण्टरका नामममा सन्चालन भएको सो काउण्टरलाइ पनि टर्मिनल भवनमा ल्याउन अझैपनि धेरै च्याम्वर खालि छन् सडक सुरक्षा र बसपार्क सुरक्षाकालागी सिसी क्यामेराको जडानका लागि गरिएका टेण्डर रद्ध हुने क्रममै छन् ।

बसपार्कको टर्मिैनल भवन र व्यापारीक सटरहरु ठेक्कामा लिने बुढाथोकि ट्रेड एण्ड सप्लायर्सले आफुहरुले सवै जिम्मा पाएको भए दुइ महिनामै धेरै कुराहरुको व्यवस्थापन गरीसक्ने जनाएको छ । तर संझौता अनुरुपका सुरक्षा व्यवस्था, उज्यालोको व्यवस्था र कम्पाउण्डवालको सहि व्यवस्थापन नहुंदा यात्रुहरु लगायत यातायात व्यवसायीहरुलाइ समेत समस्या भएको छ । ‘टर्मिनल भवनको सुरक्षाकालागी दुइ जना चौकिदार सहित निजि खर्चमा सिसि क्यामेरा जडान गरेका छौं, कम्पनीका प्रोपाइटर भिमवहादुर बुढाथोकीले भने । तुलसीपुर उपमहानगरपालिकाले सवै जिम्मा दिए, त्यो व्यवस्थापन गर्न आफुहरु तयार रहेको पनि उनको अभिव्यक्ति थियो ।

यातायात व्यवसायीहरु पनि आफुहरुले सुरक्षित र सुध्रिएको वसपार्कको महसुस गर्न नसकेको बताए । ‘न कम्पाउण्ड सुरक्षा, न उज्यालो, यात्रुप्रतिक्षालय पनि निर्माण नहुंदा झनै समस्या भएको छ’—त्रिपसदेश्वरी राप्ती प्रालिका कल्याणकारी सचिव मिन प्रकाश शर्मा(प्रकाश भट्टं)ले भने । साथै उनले सरसफाइको विषयमा पनि उपमहानगरपालिकाले ध्यान नदिएको बताए ।

रेलिङ काट्नेलाइ कारवाहीः उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिकाले कुनैपनि नागरिकले नगरपालिकाले निर्माण गरेका संरचना भत्काउनुलाइ गैरकाुनी भनेको छ । उपमहानगरपालिकाको सहमतीविना बसपार्कलाइनै असुरक्षित र अव्यवस्थीत बनउने गरी कुनैपनि नागरीकले कम्पाउण्ड रेलिङ काट्न पाइदैन, उनीहरुलाइ स्थानिय स्वायत्त सरकार कानुन वमोजिम कारवाहि हुने छ’—तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीले बताए । ती रेलिङहरु तत्काल काट्नेहरुलाइनै जोड्न लगाइने बताए ।

इन्जिनियर योगीले बसपार्कको पहिलो चरणको संझौता अनुरुपका सवै काम सम्पन्न भैसकेको बताउंदै, कालोपत्रे, यात्रुप्रतिक्षालय, अन्य स्थानमा कम्पाउण्ड निर्माण लगायतका विषयमा थप बजेट व्यवस्थापन भएपछि मात्रै हुने पनि बताए । सिसि क्यामेरा जडान, बसपार्क पश्चिम सडकमा ठेला व्यवस्थापन तथा सरसफाइ व्यवस्थापन भने उपमहानगरपालिकाका विभिन्न इकाइहरुले गर्ने बताइएको छ । यद्धपि पश्चिम पट्टीको सडकलाइ आधारहुने गरी बसपार्क क्षेत्रबाट उठाइएका ग्रिलका स्टलका विषयमा भने अझैपनि उपमहानगरपालिका अन्योलमा रहेको छ । टर्मिनल भवन भन्दा वाहिर राखेको काउण्टरलाइ भने टर्मिनल भवनमै सारीने पनि वित्तिय अधिकृत ललित घर्तिले अभिव्यक्ति दिएका छन् । बजेट व्यवस्थापनको समस्याका कारण अन्य थप काम तत्काल गर्न नसकिने पनि उनले बताए ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *