
तस्बिर : राजेश खत्री
शरद रेग्मी,
तुलसीपुर, माघ १७ । तुलसीपुरमा जारी महोत्सवमा शनिवार चर्चित नायकदेखि गायक सम्म आउने भएका छन् । नायक दिलिप रायमाझी, चर्चित लोक दोहरी गायक कुलेन्द्र विश्वकर्मा आउने भएका छन् । त्यस्तै गायिका ऋतु कंडेल, गायक टोपेन्द्र विष्ट, मोडेल आरुषी मगर लगायतका कलाकारहरुले महोत्सव तताउने भएका छन् ।
महोत्सवको ९औं दिन शुक्रवार पनि तुलसीपुर महोत्सव हाउस फूल थियो । युवाहरु माझ अत्यन्तै लोकप्रिय गायक तथा मोडल दुर्गेश थापाको प्रस्तुतिमा युवाहरु खुबै रमाएका देखिन्थे ।

तस्बिर : राजेश खत्री
थापाले ‘डन आयो डन, कि दुर्गेश जेलमा’ लगाएतका गीतहरु गाउँदा युवा युवती नाचिरहेका देखिन्थे । त्यसपूर्व तुलसीपुर निवासी अनि चर्चित लोकपुय गायकहरु गोविन्द ‘मधुर’ आचार्य , प्रेमप्रकाश वली , अस्मिता पुरी , खडग शर्मा लगाएतका कलाकारको प्रस्तुतिमा पनि दर्शकहरु निकै आनन्द लिइरहेका थिए ।
थामि नसक्नु भिडले गर्दा शुक्रवार पनि केही सर्वसाधारणले प्रवेश गर्न हम्मे हम्मे भएको बताएका छन् । त्यस्तै केहीले महोत्सव स्थलमा प्रवेश गर्न नपाएर फर्किनु परेको फरककोणलाई प्रतिक्रिया दिएका छन् । ‘आज सकिएन अब भोलि त सुरु मै आउँछौं,’ सीमा केसीले भनिन् ‘ भोलि त मेरो मनका गायक र नायक आउँदैछन् ।’

तस्बिर : राजेश खत्री
दर्शकहरु उत्साहजनक साथका कारण महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघ प्रफूल्ल बनेको छ । महोत्सवमा पुग्ने सबैको ध्यान पछिल्ला दिनहरुमा स्टेमै केन्द्रित हुन थालेको छ । लोकपृय कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु घरपुर मनोरञ्जन लिइरहेका छन ।
बाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले दर्शकको अपार मायाले संघले गर्ने सामाजिक उत्तरदायित्व अपार सफलताको साथ अनुमोदन भएको तर्क गरे ।