२०८१ असोज २४ गते बिहिवार

यौन शोषणको आरोप खेपेका एसएसपी राणा निलम्वित

काठमान्डौं, माघ १७ । प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो। राणा संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत थिए ।

झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो। राणा बिहीबारदेखि निलम्बनमा परेको गृह स्रोतले बताएको छ ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्। जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको स्रोतले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *