२०८१ असार ३० गते शनिवार

चट्याङ लागेर दैलेखमा एक जनाकाे ज्यान गयाे, चार जना घाइते

दैलेख,१७ माघ । महाबु गाउँपालिका ६ को लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

चट्याङ लागेर लामीडाँडाकी ३३ वर्षीया निर्मला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले जानकारी दिए । साथै अन्य चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जनाएको छ ।

सडकको काम गरेर घर फर्किने क्रममा जोडले हावाहुरी चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परेपछि घटना घटेको महाबु गाउँपालिका ६ का वडा सदस्य दलबहादुर विकले बताए ।

 

 

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *