२०८१ चैत्र १३ गते बुधवार

विप्लवको दाङमा शक्ति प्रर्दशन (भिडियो सहित)

दाङ, मंसिर ३ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले दाङमा सोमवार शक्ति प्रर्दशन गरेको छ । झन्डै दुईसय हाराहारीमा मोटरसाईकल र्याली मार्फत उस्का कार्यकर्ता तुलसीपुरदेखि घोराहीसम्म पुगेका हुन । २४ किलोमिटर लामो मोटरसाईकल र्यालीमा जिल्ला सेक्रेटरी सविन पोखरेलदेखि अन्य जिल्ला तहका नेताहरुको समेत सहभागिता थियो ।

पार्टी गठन भएको ४ बर्ष पुग्दै गर्दा दाङमा यसरी शक्ति प्रर्दशन गरिएको हो । तीन दिनसम्म दाङको तुलसीपुरमा चलेको उक्त पार्टीको अधिवेशनले २०७१ साल मंसिर ८ गते नयाँ पार्टी घोषणा गरेको थियो । भेलाले विप्लव महामन्त्री घोषणा गरेको थियो । त्यसैको पूर्व संन्ध्यामा दाङमा शक्ति प्रर्दशन भएको छ ।

यसैबीच दाङ जिल्ला सक्रेटरी सविन अधिकारीले मंसिर ८ गते काठमान्डौंमा हुने सम्मेलन वारे जानकारी दिन र्यालिको आयोजना गरिएको बताएका छन् । काठमान्डौंमा हुने भनिएको उक्त कार्यक्रमलाई महासविच विप्लव लगाएत शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम जानकारी दिइएको छ । जिल्ला सेक्रटरी सविनले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको नाइके भएको तथा प्रचण्डले क्रान्तिलाई बीचमै धोका दिएको आरोप लगाए । ओली र प्रचण्ड नक्कली कम्यूनिष्ट भएको बताएका उनले विप्लव नेतृत्वको नेकपा मात्रै सक्कली कम्यूनिष्ट भएको जिकिर गरे । ‘ केपी र प्रचण्ड नक्कली कम्यूनिष्ट हुन’ सविनले भने ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *