Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


प्रदेशसभामा पराजित शर्मा राष्ट्रियसभामा निर्वाचित

प्रदेश ५ मा नेकपाका सबै उम्मेदवार विजयी



दाङ, माघ ९ । राष्ट्रियसभा सदस्यका लागि विहीवार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले दाङको निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीसंग पराजित भएका थिए । रुकुमवाट निर्वाचन पूर्व बसाई सराई गरेर तुलसीपुर झरेका उनी नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दशन शर्माका आफन्त पनि हुन । शर्मा नेकपा प्रदेश नं. ५का सचिव पनि हुन ।

राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौंको बीचमा प्रतिपर्धा भएको थियो । नेकपा र कांग्रेस बाट समान तीन÷तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिपर्धा गरेका थिए ।

कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए । त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए । त्यसैगरी राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो ।

प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal