घोराही, माघ ९ । नेपाल शिक्षक संघ दाङको जिल्ला प्रतिनिधिसभा शनिवार हुने भएको छ । कार्यक्रमको उद्घाटन गर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्ने भएका छन् ।
नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जिल्ला प्रतिनिधि सभाका लागि विशिष्ट अतिथिको रुपमा नेपाल शिक्षक महासंघका संघीय महासचिव लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक संघका संघीय महासचिव सोमनाथ गिरी लगायतका शिक्षक नेताहरु दाङमा आउने जानकारी दिएका छन ।
कार्यक्रममा संघीय उपाध्याक्ष अमरबहादुर खड्का, ५ नं. प्रदेश अध्यक्ष अर्जुनकुमार योगी लगायतका शिक्षक नेताहरुको जमघमा कार्यक्रम हुने सचिव डाँगीले बताए । बिहिवार घोराहीमा बसेको संघको सचिवालय बैठकले प्रतिनिधि सभामा उपस्थितिका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई आग्रह गरेका छन् ।घोराहीको बाह्रकुने दहमा कार्यक्रममा आयोजना गरिएको छ ।