२०८१ फाल्गुन ६ गते मङ्गलवार

आलुको बोरामा लुकाएर दाङ ल्याउँदै गरेको चरेशसहित महिला पक्राउ

दाङ, मंसिर ३ । आलुको बोरामा लुकाएर दाङ तर्फ ल्याउँदै गरेको ९ किलो ३०० ग्राम चरेशसहित रोल्पामा एक महिला पक्राउ परेकी छन् ।
थवाङ गाउँपालिका वडा नं. २ बलाङजा निवासी ५१ बर्षीया दिलकुमारी झाँर्की (घर्ती) कात्तिक ३० गते उक्त परिमानको चरेशसहित पक्राउ परेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

घर्तीले आलुको बोरामा लुकाएर बस मार्फत दाङ तर्फ ल्याउँदै गरेको अवस्थामा खान तलासी गर्दा चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले जानकारी दिए । आलुको बोरामा बसको छतमा र क्याविनको सिट मुनी लुकाएर दाङ तर्फ लैजाँँदै गरेको चरेशसहित घर्ती पक्राउ परेको डिएसपी खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको संचारशाखामा कार्यरत घनश्याम बुढाथोकीका अनुसार घर्ती कात्तिक ३० गते रोल्पाको माडी गाउँपालिका वडा नं. २ को घर्तीगाउँमा सवारी चेकजाँचका क्रममा पक्राउ परेकी हुन ।

यसैबीच पक्राउ परेकी झाँर्की विरुद्ध जिल्ला अदालत रोल्पा बाट आइतवार लागु औषध मुद्दा अन्तरगत अनुसन्धानको लागि १५ दिने म्याद थप भएको छ । घर्तीलाई प्रहरीले लागु औषध कारोवारी भएको दाबी गरेको छ । तर यसवारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *