दाङ,माघ ७ । चराहरुको अध्ययन गर्न विदेशी नागरिक दाङको तुलसीपुरमा एक महिना बस्ने भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ मा रहेको स्यालापानी सामुदायिक वन क्षेत्रमा चराहरुको अध्यन गर्न विदेशी नागरिक तुलसीपुर आएका छन् ।
माघ ४ गते फ्रान्सेली नागरिक जुली सियाम्स र उनका सहयोगी चराहरुको अध्यन गर्न भन्दै त्यहाँ आएका छन् । उनीहरु एक महिना बढी यही बसेर चराहरुको अध्यन र अनुसन्धान गर्ने पर्यावरणिय दिगो विकाश अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिए ।
आगामी फागुन ३ गते आयरल्याण्डवाट थप तीन जना जेम्स आइरण, ईम्ली इकुरासहितको चरा विज्ञहरुले टोली आउने भएको छ ।
यहाँ पाइने चराहरुको अध्यन, उनीहरुको सुरक्षा अवस्था, चरा पर्यटनका संभावनाहरुको अध्यन अनुसन्धान गर्ने गरि उनीहरु यहाँ आउन लागेका हुन ।
आयरल्याण्डमा उनीहरुको चराहरुको नीजि चिडायाखानाहरु रहेको हुँदा उनीहरुले जुलीलाई त्यसैको अध्यनको लागि तुलसीपुर पठाएका हुन । त्यस्तै उनीहरुले चराहरुको शिकार रोक्न के गर्न सकिन्छ भन्ने वारेमा पनि अध्यन गर्ने भएका छन् ।
चरा अध्यनको व्यवस्थापन पर्यावरणिय दिगो विकाश मञ्चले मिलाइदिएको हुँदा आफु खुसी रहेको उनले प्रतिक्रिया दिइन । दाङमा स्यालापानी र लालमटियामा गरि दुई वटा गिद्ध रेष्टुरेण्टहरु रहेका छन् ।
पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव धेरै चराहरु माथि समेत परेको उनले बताइन । गर्मिमा हिमाली क्षेत्रमा र जाडोमा तराईमा झर्ने तालचरीको बारेमा पनि उनीहरुले अध्यन गर्ने डिल्लीबहादुर रावतले बताए ।
चरा अध्यन गर्न छात्रबृति प्रदान
पर्यावरणीय दिगो विकाश अनुसन्धान केन्द्र दाङले तुलसीपुरस्थित स्यालापानी सामुदायिक वनमा रहेका चरा र वनस्पिति अध्यनगर्न दुईजना विद्यार्थीलाई एक वर्षसम्म छात्रा बृति प्रदान गरेको छ ।
प्यूठान जिल्लाका रविन्द्र घर्ती र नवलपरासी जिल्लाकी जानका तिवारीलाई जनही २५÷२५ हजार छात्रबृति उपलब्ध गराएर अनुसन्धान केन्द्रले तुलसीपुरको स्यालापानी सामुदायिक वनमा पाइने चरा र वनस्पितिको अध्यन गर्न लगाएको हो । उनीहरुले वर्ष दिन लगाएर गरेको अध्यनवाट आफ्नो थेसिस तयार पारेका छन् । १ सय १२ प्रजातिका चरा र १ सय ५२ प्रजातिका वनस्पति तुलसीपुरका स्यालापानी सामुदायिक वनमा फेला परेको प्रतिवेदन तयार पारेका छन् ।
यहाँ फेला परेका चराहरुको बैज्ञानिक नाम, अँग्रेजी नाम, स्थानीय नामहरु समेत उल्लेख गरेको प्रतिवेदन सहितको पुस्तक प्रकासित गरेपछि मात्रै सार्वजनिक गरिने भएको छ ।
घर्ती र तिवारीलाई सहयोग भने चरा विज्ञका रुपमा प्रोचुगलवाट हाल पिएचडीको अन्तिम तयारीमा रहेका नवलपरासिका फडानन्द पौडेले गरेको अनुसन्धान केन्द्रका अध्यक्ष रावतले जानकारी दिए ।
आफुहरुको प्रयासले चरा तथा वनस्पिति अध्यताहरुलाई ठूलो सहयोग पुग्ने र त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने रावतले आशा व्यक्त गरे ।