२०८१ असोज २५ गते शुक्रवार

विप्लवका ५ नेता धरौटीमा रिहा भए लगतै पुन ः पक्राउ


दाङ, माघ ७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच जना नेतालाई प्रहरीले रिहा भएलगत्तै पुनः पक्राउ गरेको छ।देउखुरीस्थित दाङ जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू सोमबार प्रहरीले गेटबाटै पुन ः पक्राउ गरेको हो ।

गत असोज २९ गते राजपुर गाउँपालिका वडा नं. ४ मुङ्ग्रेठाबाट पक्राउ परेका २१ नेताहरु मध्य पाँच जनालाई गत पुस ७ गते अदालतले जनही १५÷१५ हजार रुपैंया धरौटीमा छोड्न आदेश दिएको थियो।

विप्लवका राप्ती ब्यूरो सदस्य तथा न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला इञ्चार्ज यामलाल कटुवाल ‘विक्रम’, रोल्पाको थवाङ स्वायत्त क्षेत्र इञ्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र इन्द्रबहादुर वली अदालतले तोकेको धरौटी बुझाएर रिहा भएपनि सबैलाई प्रहरीले पुनः अदालतको गेटवाटै नियन्त्रणमा लिएको छ ।

यसअघि दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज परियार, पार्टी सदस्य विष्णुबहादुर रावत, राजपुर गाउँपालिका इञ्चार्ज तथा एरिया नं. १ का इञ्चार्ज धनबहादुर बोहरा ‘महान’, जिल्ला जनपरिषद् सदस्य तथा एरिया नं ४ का इञ्चार्ज एकराज चौधरी, पूर्व जनमुक्ति सेनाका तिलक पुन र कुलबहादुर वलीपनि अदालतले तोकेको धरौटी तिरेर रिहा भए लगतै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विप्लवका दाजु तथा मध्य कमान्ड इञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’लगायतका अन्य केही नेताहरुलाई पनि अदालतले यसअघि जनही १५÷१५ हजार धरौटी मागेको थियो । अदालतले तोकेको धरौटी बुझाएपनि पुन ः पक्राउ पर्ने निश्चित जस्तै भएपछि चन्दसहितका पाँच जना नेताहरुले धरौटी नबुझाई जेल जाने निर्णय गरेका थिए ।

यी एकै साथ पक्राउ परेका मध्य ११ जनालाई हालसम्म धरौटी बुझाएर रिहा भएपनि प्रहरीले अदालत परिशरवाट पुनः नियन्त्रणमा लिएर थुनामा राख्दै आएको छ ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *