२०८१ असोज २५ गते शुक्रवार

देशभरीकै मौसम बिस्तारै खुल्दै

तस्बिर : राजेश खत्री

माघ ४। देशभरीकै मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको र शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ ।

अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *