दाङ,पुस २८ । दाङको घोराही सिमेन्टमा फेरि समस्या देखिएको छ । यसअघि पनि घोराही सिमेन्टले उत्पादन गर्दै आएको ‘सगरमाथा सिमेन्ट’ ओपिसी सिमेन्टमा पटक÷पटक समस्या देखापर्दै आएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जिव ठाकुरले सगरमाथा सिमेन्टको ओपिसीमा माटोको मात्रा फेला परेको जानकारी दिए ।
पटक÷पटक सगरमाथा सिमेन्टको उत्पादनमा समस्या देखिएपछि सरकारले त्यसको उत्पादन रोक्ने गरि तयारी गरेको ठाकुरले बताए ।
उत्पादित सिमेन्ट गुणस्तर विपरित फेला परेपछि विभागले घोराही सिमेन्टलाई यसअघि नै १५ दिनको समयावधि दिएर सो बारे स्पष्टिकरण सोधेको छ । यो सवालमा कम्पनीले भने आधिकारिक रुपम कुनैपनि कुरा सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार