यमकला भुसाल,तुलसीपुर,२७ पुस । आइतवार २ सय ९८ औँ पृथ्वीजयन्ती तथा एकता दिवस मनाइएको छ ।
शिवसेना नेपाल दाङको आयोजनामा तुलसीपुरमा नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको २ सय ९८ औँ जन्मयन्ती एवं एकता दिवस मनाइएको हो । सो अवसरमा शाहकोको तस्बिरमा माल्यअर्पण गरिएको थियो ।
शिवसेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले टुक्रिएको देशलाई एउटै राज्य बनाएर जाने व्यक्तीलाई सदैब सम्झनुपर्ने बताएका छन ।
कार्यक्रममा शिवसेना नेपाल दाङका वरिष्ठ उपाध्यक्ष अशिताभ लामिछानेले पृथ्वीनारायण शाहको देनलाई कहिल्यै भुल्न नहुने बताए। उनले सबै नेपालीको बिचार एक हुन सके राष्ट्र एकता कायम हुने पनि बताए ।
सो अवसरमा नेपाली काँग्रेसका दिपक धिताल,समाजसेवी हरि शाह,सुमन थापा,टोपबहादुर वलि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण शिवसेना नेपालका सचिव बासुदेब भुसालले गरेका थिए । शाहको जन्मजयन्तीमा ¥याली सहित तुलसीपुर बजार परिक्रमा समेत गरिएको थियो ।