२०८१ साउन ९ गते बुधवार

हेटौंडा भयो,प्रदेश नं. ३ को स्थायी राजधानी

हेटौंडा, पुस २७ । प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव पारित भएको छ । आइतवार प्रदेशसभा बैठकबाट उक्त प्रस्ताव पारित भएको हो ।

प्रदेशसभा बैठकको दुई तिहाइ मतले हेटौंडा राजधानी राख्ने प्रस्ताव पारित गरेको हो। हेटौंडा राजधानी राख्ने पक्षमा एक सय पाँच मत परेको थियो भने धुलिखेको पक्षमा तीन मत मात्रै परेको थियो ।

धुलिखेलको पक्षमा विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै मतदान गरेका हुन । प्रदेशसभा सदस्यको दुई तिहाई मतलाई प्रदेशसभा बैठकले स्वीकृत गरेपछि आइतवारदेखि प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले हेटौंडाको पक्षमा संयुक्त प्रस्ताव पेश गर्दै त्यसैको पक्षमा मतदान गरेका थिए।

 

 

 

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *