२०८१ साउन ६ गते आइतवार

वडा कार्यालयले राजश्व छलेर व्यवसाय दर्ता गरेको आरोप


दाङ,पुस २४ । स्थानीय सरकारले गैर कानुनी रुपमा व्यवसाय दर्ता गरेको भन्दै त्यसको व्यवसायीले नै विरोध गरेका छन् । आफु निकटका व्यवसायिलाई राजश्व छलि गरेर रसिद काटेर व्यवसाय दर्ता गरेको गुनासो बढेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले त्यस्तो गुनासो गरेका हुन ।

विहीवार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वशन्त जोसीले वडा कार्यालयहरुले राजस्व छलि गरेर रसिद काटेको आरोप लगाए ।

उपमहानगरपालिका वाट रसिद बुझेको भन्दै एक महिना अगाडिको मितिमा रसिद काटिएको अवस्था देखिएको उनले बताए ।

घोराही उपमहानगरपालिका वडा नं.२ मा व्यवसायी दर्ताको नाममा नियम विपरित कार्य भएको जोशीले आरोप लगाए । त्यसवाट ठूलो राजस्व छलि भएको उनले दाबी गरे ।

‘अहिले स्थानीय सरकार छोटे सरकार वनेका छन्,’ उद्योग उपाध्यक्ष जोसीले भने ।
संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गैर व्यवासायिहरूलाई चोरवाटो वाट प्रवेश दिइएको भन्दै त्यो सच्याउनुपर्ने माग गरे ।

बुढाथोकीले अनुगमनका क्रममा वडा कार्यालयहरुले गैर कानुनी काम गरेको पाइएको बताए ।

आफुहरुले यो विषयमा बैठकमा छलफल गरेर उत्पन्न समस्या समाधान गर्न आग्रह गर्दै आएको भएपनि अध्यक्ष र महासचिवले बेवास्ता गर्दै आएको उनले गुनासो गरे ।

संघकी सचिव माया पोख्रेल र कोषाध्यक्ष सुशील पोख्रेलले गैर व्यवसायीलाई गैर कानुनी तरिकाले सदस्यता दिए स्वीकार्य नहुने बताए ।

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *