दाङ,पुस १७ । मदिरा सेवन गरि मध्यरातमा होहल्ला गर्दै सर्वसाधारणलाई आतंकित तुल्याउने एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।
प्रहरी हवल्दार चेतबहादुर विकले मदिरा सेवन गरि होहल्ला गरेपछि पक्राउ गर्नु परेको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईलेजानकरी दिए । उनी दाङ देउखुरी जिल्ला अदालतमा फरार प्रतिवादी पक्राउ गर्न भनि खटिएका प्रहरी हवल्दार हुन ।
एसपी भट्टराईले पक्राउ गरिएका हवल्दार उपर विभागिय कारवाही गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
होटेल साहुलाई पेस्तोल ताकेको आरोप
प्रहरी हवल्दार विकले मदिराले मातेपछि खाएको रकम माग्दा होटेल साहुलाई पेस्तोल ताकेको आरोप लागेको छ । यद्यपी होटेलसञ्चालकले भने यो विषयमा कुनै प्रतिक्रिया दिइ सकेका छैनन् । जिल्ला प्रहरी प्रमुख भट्टराईले त्यो कुराको जानकारी भने आफुलाईनभएको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङ नजिकै रहेको होटेलमा मदिरा सेवन पछि होहल्ला गर्दै निस्किएका प्रहरी हवल्दारलेसर्वसाधारण समेत पेस्तोल देखाएर त्रसिद पारेको नाम नभन्ने सर्तमा एक स्थानीयले बताएका छन् ।