तुलसीपुर,पुस १५ ।माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला पुस १९ गते तुलसीपुर आउने भएकी छन् । तुलसीपुरस्थित आइडिएल बोर्डिङ स्कुलको २५औँ रजयन्ती कार्यक्रमलाई सम्बोधन गर्न कोइराला दाङ आउन लागेको मगंलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
रजयन्तिको अवसरमा विद्यालयले मानव बेचबिखन बिरुद्धको सचेतना अभिबृद्धि गर्न,मानव बेच बिखनलाई रोक्न माईती नेपाललाई सहयोग गर्ने हेतुले कोईरालाई निम्त्याउन लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य दिपा धितालले बताइन ।
विद्यालयले पूर्व विद्यार्थीलाई भेला गरि अनुभव आदानप्रदान गर्ने लगाएतका कार्यक्रम गर्ने भएको छ ।
रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव बिमल गौतमले गरेका हुन ।
प्रकाशित मिति : २०७६ पुष १५ गते मङ्गलवार