तुलसीपुर, पुस १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित न्यू शान्ति बोर्डिङ स्कुलले आफ्नो २५ औं बार्षिक उत्सब मनाएको छ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भुपबहादुर खड्काको अध्यक्षता तथा प्याब्सनका पुर्ब केन्द्रिय सदस्य लम्बोधर लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बक्ताहरुले न्यू शान्ति बोर्डिङ स्कुलले ग्रामिण भेगका जनताको शैक्षिक स्तर सुधार र समग्र शैक्षिक क्षेत्रको बिकाशमा खेलेको भुमिकाको प्रसंशा गरेका थिए ।
व्यावसायिक मात्र नभएर सेवा मुलक तथा रचनात्मक दृष्टिकोणले पनि निजी बिद्यालयको भूमिका अहम् रहेको उल्लेख गर्दै बक्ताहरुले गुणस्तर अझै सुधार गर्न तर्फ लाग्न सुझाएका छन् ।
कार्यक्रममा बिद्यालयका प्रिन्सिपल केशकुमार खड्काले २५ बर्ष पहिले बिद्यालय स्थापनादेखि अहिले सम्म बिद्यालयले सञ्चालन गरेका गतिविधि तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याब्सन दाङका सल्लाहकार चुर्णबहादुर केसी, प्याब्सनका नगर अध्यक्ष गिरिराज डाँगी, वडा नं. ११ का वडा सदस्य सुवाश डाँगी, ग्यालेक्सी बोर्डिङ स्कुलका प्रिन्सिपल डम्बर डाँगी, प्याव्सनका नगर सचिब बिष्णु योगी, मेरिगोल्ड बोर्डिङ स्कुलका प्रिन्सिपल बाशु रिजाल, भ्याली स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल सुनिल गौतम, बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तुलाराम डाँगी, कक्षा ९ का बिद्यार्थी पबन बिष्ट लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट हुने छात्र छात्राहरुलाई मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
बिद्यालयका शिक्षक कर्ण चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक चेबन बस्नेतले गरेका थिए ।