२०८२ असार ७ गते आइतवार

टिप्परको ठक्करबाट तुलसीपुरका युवाको मृत्यु

दाङ,मंसिर २ । दाङमा टिप्परको ठक्करवाट एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा निवासी २३ बर्षीय शिवराज डाँगीको मृत्यु भएको छ ।

मोटरसाईकलको पछाडि सवार सोही ठाउँ निवासी १९ बर्षीय सुमन अधिकारी घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा भन्ने स्थानमा पश्चिमतर्फ आउँदै गरेको लु २ ख ९८३ नम्वरको टिप्परले पूर्व तर्फ जाँदै गरेको रा ५ प ७१५३ नम्वरको मोटरसाईकलाई ठक्कर दिदा गम्भीर घाइते डाँगीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको मृतकका मामा देबबहादुर बस्नेतले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार बुधवार विहान साढे ५ बजेतिर उक्त दुर्घटना भएको थियो ।

ठक्कर दिए लगतै फरार भएको टिप्परलाई दाङकै लमही नगरपालिका वडा नं.५ फल्कापुरको एक इट्टा भट्टा भित्र दिउँसो मात्रै फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *