दाङ,मंसिर २८ । जिल्ला बार दाङमा शनिवार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।अध्यक्षमा शिवप्रशाद घिमिरे ६२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी ऋषिराज न्यौंपानेले ५८ मत प्राप्त गरेका थिए । उनीहरु दुबै नेपाली काँग्रेस निकटका हुन ।
त्यसैगरी उपाध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार मनिराज आचार्य ६० मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा निकटका मानिने ठाकुरप्रशाद वलीले ५९ मत प्राप्त गरेका थिए ।
नेकपा र नेपाल कांग्रेस निकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवारलाई हराउँदै स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका व्यक्तिहरु अध्यक्ष र उपाध्यक्षबाट विजयी भएपछि नेकपा र काँग्रेसको गठवन्धनवाट चुनाव जितेकाहरु जिल्ल परेका छन् ।
बाँकी पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् भने सदस्यमा मिश्रित परिणाम आएको छ ।
जिल्ला सचिवमा सन्जयकुमार केसी ७० मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नारायणप्रशाद डाँगीले ४९मत मात्रै प्राप्त गरेका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा ठाकुरप्रशाद गिरी ६४ मत प्राप्त गरि विजयी हुँदा प्रतिपर्धी प्रेमबहादुर वलीले ५१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा हरि बेलबासे ५६,भरत न्यौंपाने ५६,निर्मलेधारी दाहाल ७५, निर्माला सुवेदी ६७, ओमभक्त डाँगी ५८ र अच्यूतराज न्यौंपाने ६० मत प्राप्त गरि विजयी भएका छन् ।
त्यस्तै केन्द्रिय परिषदमा निश्चल हमाल ६६, लुमबहादुर कार्की ६०,नुमानन्द आचार्य ७३, ललितबहादुर केसी,६५,किरण पौडेल ६५,अर्जुनकुमार अधिकारी ६६ र गोपाल गिरी ६२ मत प्राप्त गरि विजयी भएका छन् ।
जिल्लावारको नेतृत्व चुन्नको लागि १ सय २५ जनाले मताधिकार पाएको भएपनि शनिवार भएको मतदानमा १ सय २० मत खसेको थियो ।