सुशिल बस्नेत,
तुलसीपुर, मंसिर २८ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले राप्ती शान्ति उद्यानको अवलोकन गरेका छन् । अधिकाकर्मी पहाडीले आर्थिक विकासलागि प्रदेशको राजधानी स्थायी हुन नहुने तर्क गरेका छन् । जिल्लाको विकासका लागि ५÷५ वर्षमा प्रदेशको राजधानी परिवर्तन गर्नसके आर्थिक रुपमा पछाडी परेका जिल्लाको पनि विकास हुने धारणा राखे ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेसहितको टोलिका साथ पुगेका मानवअधिकारकर्मी पहाडीले स्थानीयको आयआर्जनसंगै दाङको आर्थिक विकासमा उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मानवअधिकार पहाडीसहितको टोलिको अवलोकलने राप्ती शान्ति उद्यानको गरिमा झनै बढेको बताए । उहाँले तुलसीपुर उपमहानगरपालिकाले सन् २०२० लाई लक्षित गरेर ‘घुम्न जाऔं’ अभियान शुरु गरेको बताउँदै मानवअधिकारकर्मी सहितको टोलिको अवलोकनले यो अभियानलाई टेवा पुग्ने धारणा राखे ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसीले वडाको गरिमाको रुपमा राप्ती शान्ति उद्यान रहेको भन्दै प्रचारप्रसारमा सहयोग गरिदिन अनुरोध गरेका थिए ।
शान्ति समाजको २२ औँ राष्ट्रिय परिषदको शिलशिलामा दाङ आएका पहाडीले शनिवार राप्ती शान्ति उद्यानको अवलोकन गरेका हुन ।