२०८१ जेष्ठ १७ गते बिहिवार

सकियो शान्ति समाजको २२औं परिषद

सुशिल बस्नेत,
तुलसीपुर, मंसिर २८ । मानवअधिकार तथा शान्ति समाजको २२औँ राष्ट्रिय परिषद बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै शनिवार सकिएको छ । तुलसीपुरमा शुक्रबार र शनिबार गरि दुई सम्म चलेको थियो । शान्ति समाजको परिषदमा लागुऔषध दुव्र्यसनी विरुद्धको अभियानदेखि राष्ट्रियताको सवालको बारेमा गम्भीर छलफल भएको छ ।

लागुऔषध दुव्र्यसनी रोकथामका विषयमा विभिन्न प्रयास भएपनि युवा दुव्र्यसनीको समस्या भित्राभित्रै फैलिएको हुँदा त्यो रोकथामका लागि युवा लक्षित कार्यक्रम गर्नुपर्ने निष्कर्षमा शान्ति समाज पुगेको छ ।

त्यसका लागि विद्यालय तहवाटै थप सचेतना फैलाउन आवश्यक रहेको समाजको निष्कर्ष छ । लागुऔषध दुव्र्यसनी रोक्न मानवअधिकार, शान्ति र वातारवरण शिक्षालाई पाठ्यक्रममा लागु गर्न सम्बन्धित निकायलाई दवाव दिने प्रस्ताव पारित भएको छ ।

त्यस्तै समाज सार्वजनिक गरेको घोषणा पत्रमा भारतले हालसालै सार्वजनिक गरेको नयाँ नक्सा प्रति आपत्ति जनाइएको छ । भारतको पछिल्लो गल्तिले दुई देश बीचका नागरिकको सम्बन्धमा खलल पुगेको भन्दै समाजले गल्ति सच्याउन आग्रह समेत गरेको छ ।

लामोसमयदेखि भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै समाजले सीमा रक्षाका विषयमा गम्भीर बन्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै जलवायु परिवर्तन मानव सभ्यताको प्रमुख चुनौतिको रुपमा देखा परेको भन्दै विश्वव्यापी उष्णताबारे सचेतना र हिमालय बचाऔँ अभियान संचालन गर्ने उल्लेख गरिएको छ । भारत र चिनको हरितगृह ग्याँस उत्सर्जनले नेपालका नागरिक प्रभावित बनेको भन्दै कार्वनडाइअक्साईडको उत्सर्जनलाई न्यून गराउन भारत र चिनसमक्ष आग्रह गरिएको छ ।

दाङसहित देशभरका करिब ३ सय प्रतिनिधि तथा परिवेक्षक सहभागि २२औँ राष्ट्रिय परिषद बैठकले गुणस्तरिय र वैज्ञानिक शिक्षा, कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने र मानव बेचबिखन तथा ओसारपोसार जस्तो गम्भीर अपराधलाई निराकरणका लागि अभियान संचालन गर्ने निर्णय पारित गरेको छ ।

समापन कार्यक्रम समाजका सभापति उत्तम पुडासैनीको अध्यक्षतामा भएको हो । त्यसावसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुक घनश्याम पाण्डे,अछामको बन्गडी जैगडा गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का, समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दवाडी, पूर्व सचिव विश्वप्रकास बास्तोला लगायतले सम्बोधन गरेका थिए । त्यसमा २२ औँ राष्ट्रिय परिषद मूल तयारी समितिका संयोजक शरद रेग्मीले धन्यावाद ज्ञापन गरेका थिए ।

बैठकको पूर्वसन्ध्यामा केशवराज झुप्पाकुमारी वृद्धाश्रममा वृक्षारोपन, बबई नदीको शितलपुरमा सरसफाई , दाङका १० वटा विद्यालयमा लागुऔषध दुव्र्यसनिका विरुद्धका सचेतना, तुलसीपुरमा सरसफाई लगायत साहित्यिक कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *